मधेस प्रदेशमा बढ्दो खानेपानी सङ्कट,दमकल र ट्याङ्करको सहायताले पानी वितरण सुरु

दमक /  मधेस प्रदेशमा बढ्दो खानेपानी सङ्कटलाई मध्यनजरगर्दै प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार मधेस सरकारले दमकल र ट्याङ्करको सहायताले पानी वितरण सुरु गरेको छ । विशेषगरी वीरगन्ज, कलैया लगायतका सहरमा पानीको हाहाकार भएकाे र तत्काल वारुणयन्त्र परिचालन गरिएको हो।।

मुख्यमन्त्रीले खानेपानी अभाव समाधानका लागि आफू सक्रिय रहेको जनाउँदै सङ्कटग्रस्त क्षेत्रहरूमा चौबीसै घण्टा दमकल परिचालन हुने जानकारी दिएका छन्।

बिज्ञापन

पाँच हजार लिटर क्षमताका आठ वटा वारुणयन्त्र वीरगन्ज पठाइएको छ भने नेपाली सेनाले समेत व्यवस्थापन र वितरणको जिम्मा लिएको छ।

प्रदेश सरकारले यो अभियानलाई तत्काल राहतको माध्यमका रूपमा अघि सारेको छ भने दीर्घकालीन समाधानका लागि पनि पहल गरिरहेको जनाएको छ।