दमकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु, दुर्घटना क्षेत्र तनावग्रस्त

दमक, झापा । दमकको डिपु सडक खण्ड संगम चोकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।

मे १ ख २८४४ नम्बरको टिपरले मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसिरहेकी ५५ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको हो।

बिज्ञापन

दुर्घटनापछि घटनास्थलमा तनावको स्थिति सिर्जना भएको छ। स्थानीयबासीले सडक अवरुद्ध गरी आक्रोश व्यक्त गरेका छन्।

प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।