
दमक / मोरङमा बन्दाकोपी लोड गरिएको ट्रकबाट ३ हजार १ सय ५० किलो गाँजा बरामद गरिएको छ।

मोरङकाे कटहरी गाउँपालिका–३ स्थित कटहर चोकमा शनिबार राति चेकजाँच गर्दा को १ ख ४५१८ नम्बरको ट्रकमा लुकाइराखिएको अवस्थामा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन



प्रहरीका अनुसार, ट्रकमा देखिनेगरी बन्दाकोपीका बोरा राखिए पनि ती बोरामुनि १ सय ५ वटा गाँजाका बोरा लुकाइएको फेला परेकाे हो।

ट्रक जाँचका क्रममा चालक फरार भएका छन् भने प्रहरीले उनीहरूको खोजी तीव्र पारिएको छ। पहाडी जिल्लाबाट ल्याएर भारत तर्फ तस्करी गर्न लागिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा प्रहरीले आशंका गरेको छ।
तस्करी नियन्त्रण गर्न विशेष अपरेशन सञ्चालन गरिएको जिल्ला प्रहरीले जानकारी दिएकाे छ।