मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दमक /  कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै मंगलबार राति मोटरसाइकल दुर्घटना भएको हो।

बिज्ञापन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत डोकेबजारमा से ७ प ७०८९ र सुपप्र ०१००१०प ८४०५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा घोडाघोडी नगरपालिका–१२ का २३ वर्षीय नोयल कठरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

गम्भीर घाइते कठरियाको उपचारका लागि घोडाघोडी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ८४०५ नम्बरको मोटरसाइकलमा सवार दिपु कठरिया, अर्को मोटरसाइकल (से ७ प ७०८९) का चालक लम्कीचुहा नगरपालिका–४ का २५ वर्षीय उदय भाट, पछाडि सवार गौरव भाट पनि घाइते भएका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको जनाएको छ।