झापामा डेंगु संक्रमणबाट बालिकाको मृत्यु

दमक/ झापाको शिवसताक्षी नगरपालिका निवासी ११ वर्षीया सुरविरा राईको डेंगु संक्रमणका कारण मृत्यु भएको छ। उनलाई स्वास्थ्य समस्या देखिएपछि बिहीवार बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा शुक्रबार बिहान ८:२५ बजे उनको मृत्यु भएको हो।

यो वर्ष झापामा डेंगुबाट भएको पहिलो मृत्यु हो। स्वास्थ्य कार्यालय झापाका अनुसार हाल बीएण्डसीमा ४८, दमकमा १ र गौरादहमा ६ जना संक्रमित उपचाररत छन्।

बिज्ञापन

मनसुनसँगै डेंगु संक्रमण बढेको छ भने बिर्तामोड क्षेत्रमा बढी संक्रमित देखिएका छन्। डेंगु प्रायः असारदेखि असोजसम्म देखिए पनि झापामा वर्षभर फैलिने गरेको छ।