प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रको गौरादह नगरपालिकाद्वारा बाँसको पुल बनाउन ठेक्का आह्वान

असार १७ , गौरादह / प्रधानमन्त्री केपी ओलीको निर्बाचन क्षेत्रको गौरादह यतिबेला नगरपालिका खोला ठेक्का आह्वान गरि चर्चामा छ । गौरादह नगरपालिकाको वडा न ६ मा पर्ने दामुनाको तेलियाडाँगी देखि रतुवा खोला तरेर मोरङ जिल्लाको सिजुवा जाने घाटमा बाँसको पुल (फट्के) लगाउन तथा उक्त स्थानमा २०८२ साउन देखि असोज सम्म ३ महिना डुङ्गा ( नाउँ ) सञ्चालन गर्नका लागि गौरादह नगरपालिकाले रु.२८ हजार ५०० मा सिलबन्दी दरभाउ पेसगर्न २०८२ असार १६ गते १५ दिने सूचना आह्वान गरेकोछ ।

गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुवेदी द्वारा हस्ताक्षरित सूचनामा उक्त कुरा उल्लेख गरिएको जानकारी असार १६ गते गौरादह नगरपालिकाद्वारा जारी सूचनामा उल्लेखछ । गौरादह नगरपालिका द्वारा जारी ठेक्का सूचीको अन्तिम बुँदाले स्थानीय तहको विकास दृष्टिकोणप्रति प्रश्न चिन्ह उब्जाएको छ।

बिज्ञापन

“तेलियाडाँगी घाट बाट सिजुवा आवत–जावतका लागि खोलामा बाँसको फट्के बनाइ सञ्चालन गर्ने” शीर्षकमा खुलेको ठेक्का लागत २८ हजार ५०० र फाराम शुल्क ५०० ले ग्रामीण पूर्वाधार निर्माणमा नगर वास्तविकता भन्दा बढी ‘टालटुल शैलीको समाधान’ मा लागिपरेको उक्त सूचनाले प्रष्टपार्दछ।

जिल्लाका अन्य पालिकाहरू दिगो पूर्वाधार निर्माणमा लागिरहेको अवस्थामा गौरादह नगर भने अझै बाँस र डोरीकै भरमा आवतजावत सहजपार्ने किसिमका योजनाको प्रपन्चमा लागिपर्नु स्थानिय नागरिकहरुका लागि दुख:दायीपुर्ण देखिन्छ ।

सुरक्षाको प्रत्याभूति भन्दा जोखिमपुर्ण पारबहन लाई अनुसरण गर्नुले नगरको दिर्घकालिन सोचमाथी प्रश्नचिन्न उब्जाएको स्थानिय युवाहरु बताउछन् । हिउँदमा खोलाको अधिकांस भु-भाग बगरमा परिणत हुन्छ र सोही बगरमा स्थानियबासीहरुले पशुचौपायाहरु चरिचरण गराउदछ्न । उक्त स्थान बर्षातको समयमा पुर्णरुपमा खोलासतहले ढाक्दा वारिपारी आवतजावत गर्न नै कठिन बन्नेगर्दछ । सोही स्थानको दुराअबस्थालाई ब्यबस्थापन गर्नुको सट्टा गौरादह नगरले आय आर्जन गर्ने भाडो बनाउदा गौरादह नगर पुर्बाधार बिकास भन्दा टालटुले योजनामा अल्मलिएको प्रस्ट बुझिन्छ ।