
दमक/ बराहक्षेत्र मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बराह क्षेत्रका अनुसार सोमबार राति करिब ९:३० बजे मन्दिरको सिँढी नजिकैको प्यासेज छेउमा अन्दाजी ६०–६५ वर्ष उमेरका तराई मूलका देखिने पुरुष मृत अवस्थामा फेला परेका हुन्।



स्थानीयवासीको सूचना पाएलगत्तै प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा ती पुरुष केही दिनदेखि सोही मन्दिर परिसरमा माग्दै बस्दै आएको देखिएको छ। घटनास्थलको सुरक्षासहित प्रारम्भिक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

साथै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप टोली पनि घटनास्थलमा परिचालन गरिएको थियो। कानुनी प्रक्रिया पूरा गरी सोमबार राति नै मृतकको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान पठाइएको छ। मृतकको सनाखतका लागि प्रहरीले प्रयास जारी राखेको छ