
दमक । झापा दमक ६ स्थित गायत्री विद्यापिठ नामको बोर्डिङ स्कुलले यस पटकको एसईई परिक्षामा आश्चर्यजनक नतिजा ल्याएको छ। परिक्षामा सामेल ११ जना विद्यार्थीहरु सबै फेल भएका छन् ।

यस विद्यालयका संचालक तथा प्रधानाध्यापक गणेश प्रधान जोसंग कोही सामान्य मानिसले कुरा गर्न सक्दैन किनकी उनी सामान्य कुराकानी पनि `एडभान्स´ अंग्रेजीमा गर्न रुचाउँछन् । आफ्नो विद्यालय सेवा सुविधाको साथै पढाइको मामलामा पनि अब्बल छ भनेर गफ छाट्ने प्रधानको गफलाई यश पटकको एसईईको नतिजाले भने नराम्ररी झापड हानेको छ ।



जम्मा ११ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ११ जना नै फेल भएका छन् । अत्यान्तै चर्को शुल्क लिने स्कुलले विद्यार्थीलाई राम्रोसंग नेपाली लेख्न र पढ्न नसिकाएको कारण विद्यार्थीको भविस्य नै वर्वाद बनाइएको छ । सम्पूर्ण विद्यार्थीहरुले सामाजिक बिषय पास गर्न सकेनन् जसको कारण थियो नेपाली लेख्न नजान्नु , हुन त स्कुलको प्रधानाध्यापक नै नेपालीलाई निरुत्साहित गर्दै अंग्रेजीमा बोल्न रुचाउनुले पनि नतिजा नकारात्मक नै आउँछ भन्ने कुरामा कुनै दुबिधा नहोला । सामाजिक बिषयको परीक्षा नेपालीमा दिनुपर्ने भएपछि सबै विद्यार्थी फेल हुनुले नेपालीमा विद्यार्थीको अबस्था कस्तो होला सहज अनुमान लगाउन सकिन्छ ।

यस बिषयमा जिज्ञासा राख्दा विद्यालयका प्रधानाध्यापक गणेश प्रधानले निर्लज्जता पूर्वक भने ` हाम्रो स्कुलको यो पटकको `रिजल्ट´ खराव आयो । सबैजना फेल भए, कारण सामाजिक बिषय नेपालीमा लेख्नुपर्ने भएकोले विद्यार्थीले शब्दहरु मजाले बुझेनन् भन्ने हामीलाई लागेको छ ।´ यस्तो नतिजा आउने कारण बताउदै प्रधानले भने ` पहिलो त विद्यार्थी कै गल्ती हो , जति पढाउन खोजे पनि नपढ्ने , बुझाउन खोज्यो नवुझ्ने दोस्रो अभिभावकको गल्ती आफ्नो बच्चाको बास्तै नगर्ने र तेस्रो शिक्षकको गल्ती कडा रुपमा विद्यार्थीसंग प्रस्तुत नै हुन नसक्ने अनि कसरी हुन्छ ?´
नगर शिक्षा शाखाका प्रमुख प्रविन खड्कासंग जिज्ञासा राख्दा निरीह हुँदै भने `१२ जना हैननी ११ जना फेल भएका हुन् एकजना त पास भएको छ । हामीलाई पनि यो बिषय बारे जानकारी भयो , यस्तो किन भयो हामी सोध्छौ हामीलाई कारबाही गर्ने अधिकार हुन्न , अब अभिभावकहरुले नै आफै `एक्सन´ लिई हाल्छन् नि ।´
नेपालमा बसेर नेपाली बोल्नु लेख्नुलाई अशिक्षित ठान्ने मानसिकताले आज गायत्री विद्या पिठका ११ जना विद्यार्थीको भविस्य बरबाद पारेको छ । बर्षभरि दुख गरेर लाखौं रुपैयाँ छोराछोरीको पठाईमा खर्च गर्ने अभिभावक माथि ठगि भएको छ । यसको सम्पूर्ण जिम्मेवारी विद्यालयले मात्र लिएर नपुग्ला , नियामक निकाय पनि उत्तिकै जिम्मेवार र जवाफदेही हुन जरुरी छ ।