
दमक / मोरङको धनपालथान गाउँपालिका–६ स्थित बबियामा ५ वर्षीया बालिकाको बीभत्स हत्या भएको घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकामाथि बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको प्रकृति हेर्दा यसलाई जघन्य अपराधको रूपमा लिइएको छ ।
बिज्ञापन



शुक्रवार राति परिवारसँगै सुतेकी उनी अचानक हराएपछि अभिभावक र आफन्तले बिहान ५ बजे कर्सिया प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए ।

बालिका बेपत्ता भएको केही समयमै पछि घरबाट अलिपर बाटो छेउमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे हाे ।
शव भेटिएको स्थानमै प्रहरीले घटनाको प्रारम्भिक मुचुल्का उठाएको छ ।