
दमक / सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।
सिन्धुपाल्चोककाे भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको बलात्कारपछि हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई प्रहरी पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उक्त घटना १० असारमा भएको हो ।
बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको एसपी कार्कीकाे भनाइ छ । नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बालिकाकै गाउँका आफन्त नाता पर्ने समेतका व्यक्तिहरु पक्राउ परेका छन् ।
थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ

बिज्ञापन



