महानगरको माइकिङपछि बन्द भयो होडिङ बोर्डको विज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाको माइकिङपछि नक्सालस्थित भाटभटेनीको होडिङ बोर्डमा देखाइरहेको विज्ञापन बन्द गरिएको छ । महानगरको गाडीले उक्त होडिङ बोर्डमा विज्ञापन बन्द गर्न भन्दै माइकिङ गरेको थियो ।

भाटभटेनीले बत्तीको तार काटेर होडिङ बोर्डको विज्ञापन रोकेको छ । महानगरले पछिल्लो सयम अवैध तरिकाले सञ्चालन भइरहेको होडिङ बोर्डहरु बन्द गराइरहेको छ ।
महानगरले होडिङ बोर्डलगायत अवैध रुपमा निर्माण भएका संरचना भत्काइरहेको छ ।

बिज्ञापन