
काठमाडौं। काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो अभियानलाई निरन्तर्ता दिएका छन् । महानगरपालिकाले आज रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु गरेको छ।

महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो। महानगरले रत्नपार्कको सबवेसँगैका संरचना भत्काइदिएको छ। पछिल्लो समय काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।
बिज्ञापन



