
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । जे प्रयोजनका लागि नक्सा पास गराएको हो सो नभएको भन्दै महानगरपालिकाका मेयर बालेन शाह आँफै अनुगमनमा निक्लिएपछि आक्रामक बनेको महानगरको टोली आज राहदानी विभागको अनुगमनमा गएको थियो ।

त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीहरुले कुर्सीहरु हटाएर खाली गरेका छन् । मेयर शाहले अण्डरग्राउण्ड पार्किङ्ग खाली गराएरै छोड्ने भन्दै नियम विपरीत संचालनमा रहेका अण्डरग्राउण्डका पसल समेत खाली गराइरहेका छन् ।
बिज्ञापन



काठमाण्डौंका सडक व्यवस्थापन अस्तव्यस्त भइरहेको बेला शाहको यो एक्शनलाई अधिकांशले स्याब्बासी पनि दिएका छन् । शाहले हिजो मात्र नयाँ बानेश्वरको अल्फा बिटाको अनाधिकृत रुपमा बनाइएको संरचना भत्काउन लगाएका थिए ।
