दमकमा सुविधा सम्पन्न होटल केबीआर आजबाट संचालनमा

दमक।  झापाको दमकमा सुविधा सम्पन्न होटल केबीआर आजबाट संचालनमा आएको छ । दमक–८ स्थित सेतुमारी रोडमा रहेको होटल केबीआरको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले होटलले सबैको मन जित्न सकोस भन्दै शुभकामना दिनुभएको थियो । उहाँले संसारभर बढी खुल्ने र बन्द हुने होटल नै भएकाले बन्द नभइ राम्रो संग सधै चल्न सक्ने होटलको रुपमा स्थापित हुन सकोस भन्दै अन्यभन्दा राम्रो सेवा दिन आग्रह पनि गर्नुभयो ।

बिज्ञापन

पार्टी प्यालेस, सेमिनार हल र ओपन रेष्टुरेन्टसहितको सो होटल ९ करोड बढी लागतमा संचालनमा आएको संचालक वीरेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वदेश तथा विदेशबाट आउनेहरुका लागि सोचेर बनाइएकाले सुविधा सम्पन्न रहेको छ । रिजालले भन्नुभयो, बाहिरबाट आएका पाहुनाहरुले दमकमा पनि स्तरीय होटल तथा लज रहेछ भन्ने संदेश प्रबाह गर्ने खालको होटल छ ।

त्यस्तै अर्का संचालक ध्रुब थापाले विबाह, सेमिनार तथा पार्टीका लागि मात्र नभएर पोलेको मासु तथा सेकुवाको लागि पनि होटलमा भिन्ना भिन्नै भट्टी रहेको बताउनुभयो ।

उहाँले होटल परिसरमा अलग्गै रेष्टुरेन्ट भएकाले सर्वसुलभ मुल्यमा पोलेको मासु तथा सेकुवा पनि उपलब्ध गराइने बताउनुभयो । पोलेको मासु प्रतिकेजी ६ सय ५० रुपैयाँमा उपलब्ध हुने पनि थापाले जानकारी दिनुभयो ।

सो होटल वीरेन्द्र प्रसाद रिजाल, ध्रुब थापा, राजन पोख्रेल, सरस्वती देवी अधिकारी र अञ्जना खड्काले संयुक्त रुपमा संचालनमा ल्याउनु भएको हो ।