
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने आश्वासन दिएपछि मधेस सरकारको आन्दोलन स्थगित भएको छ ।

प्रहरी समायोजनको माग राखेर मधेसका मुख्यमंत्री लालबाबु राउत र मन्त्रीहरु मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबारदेखि धर्ना बस्दै आएका थिए ।
बिज्ञापन



प्रधानमन्त्री देउवाले प्रहरी समायोजन गर्ने प्रतिबद्धता जनाएपछि धर्ना स्थगित गरेको मुख्यमन्त्री राउतले जानकारी दिए ।चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले जनाएको कुरा प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री र मन्त्रीहरुलाई जानकारी गराएका थिए । त्यसपछि उनीहरुले आन्दोलन स्थगित गरेका छन् ।
