
मंगलबारे युवा क्लबले आइतबार प्रदेश नं. १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई कालो झण्डा देखाएको छ।

उर्लाबारी– ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपिडि भवन उद्घाटन गर्न पुगेका स्वास्थ्य मन्त्री यादवलाई क्लवका अध्यक्ष पिपलराज गिरी लगायतका युवाहरुले कालो झण्डा देखाएका हुन्।
बिज्ञापन



क्लबले नयाँ ओपिडि भवन निर्माणमा अनियमितता भएको भन्दै निर्माणको आम्दानि खर्च सार्वजनिक सुनुवाइ गर्न माग राख्दै आएका थियो। गिरीसँगै क्लवका महासचिव रेशु कटुवाल, सदस्यहरु शेखर खड्का, प्रदीप दाहाल र प्रतीक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि क्लवले भवन निर्माणको सम्पूर्ण खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएको थियो।