अज्ञात समुहबाट अधिकृत कुटिए,थप उपचारका लागि काठमाडौं लगियो

मुगु जिल्लाको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । जिल्ला सदरमुकामदेखि गाउँपालिका जाँदै गरेका अधिकृत पर्शुराम उपाध्यायलाई अज्ञात समुहबाट कुटपिट भएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे जानकारी दिएकाे छ ।

सदरमुकाम गमगडीदेखि गाउँपालिकातर्फ जाँदै गर्दा सिप भन्ने स्थानमा मास्क लगाएर आएका ७–८ जनाले प्रमुख प्रशासकिय अधिकृत उपाध्यायलाई कुटेका थिए । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कोहोलपुर लगिएकाे थियाे । तर त्यहाँ उपचार हुन नसकेपछि काठमाडाैं रिफर गरिएकाे प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत कुटिएकाे ठाउँमा सश्स्त्र प्रहरी खटाइएकाे मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।नयाँ पत्रिकाबाट।