ला लिगाको उद्घाटन खेलमा सेभिया ओसासुनासँग पराजित

स्पेनिस ला लिगा फुटबल २०२२-२३ को उद्घाटन खेलमा बलियो मानिएको सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको छ ।

घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे । सेभियाका राफा मिरले सान्त्वना गोल  फर्काए ।

बिज्ञापन

जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसँगै सेभियाको उपाधि यात्रामा धक्का लागेको छ ।