पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग एमालेको माग

काठमाडौं।  नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको भन्दै मुल्य घटाउन माग गर्नु भएको हो ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति समेत जनाउनुभयो ।

बिज्ञापन