
काठमाडौं। नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध तीन दिने हस्ताक्षर अभियान चलाउने भएको छ । नेकपा एमाले काठमाडौंको अगुवाइमा तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्न लागिएको एमालेले जनाएको छ ।

अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको हैन माफियाको सरकार, भन्ने नारासहित सुरु हुने हस्ताक्षर अभियान साउन २०,२१ र २२ गतेसम्म चल्नेछ ।
बिज्ञापन



दैनिक उपभोग्य सामाग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउन लागेको हो । यसअघि एमालेले महंगी र भ्रष्टाचार विरुद्ध गते १६ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गरेको थियो ।
