हेलिकोप्टर तयारी अवस्थामा राख्न सेनालाई निर्देशन

काठमाडौं/   गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।

त्यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि छलफल गरेका छन् । खड्का सो क्षेत्रका सांसद हुन् । उनको निर्वाचन क्षेत्र भएकाले पनि खड्कासँग गृहमन्त्री खाँडले कुराकानी गरेका हुन् ।

बिज्ञापन

नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन्।

सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ। सप्तकोशीको कटानका कारण दुई हजार चार सय घर परिवार विस्तापित हुने भएकाले उनीहरूलाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको छ।