कर्मचारीले नै घेरे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं। कर्मचारीले नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्नो माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले नायब सुब्बा बचाउ अभियानको पहलमा आज मन्त्रालय घेराउ गरेका हुन्।

सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको उनीहरुको भनाई छ।

बिज्ञापन

उनीहरूले संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने पनि माग गरेका छन्। शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवातर्फ ३०, आन्तरिकरअन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ।

त्यस्तै सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्रांकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य हुनुपर्ने लगायतका विषय समेटी निजामती ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ।