अर्जेन्टिनी रक्षक मार्टिनेज म्यानचेस्टर युनाइटेडमा

इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आयाक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ । प्रशिक्षक टेन हाङले ओल्ड ट्राफोर्डमा अर्जेन्टिनी रक्षक मार्टिनेजलाई  सन् २०२७ सम्मका लागि ५६.७ मिलियन पाउन्डमा अनुबन्धित गरेका हुन् ।

२४ वर्षीय रक्षकलाई इङ्ग्लिस अर्को क्लब आर्सनलले पनि चासो देखाएको थियो ।  सन् २०१९ मा अर्जेन्टिनी क्लब आयाक्स झरेपछि मार्टिनेजले १२० खेल खेलेका छन् ।

बिज्ञापन

सन् २०१९ मा अर्जेन्टीना राष्ट्रिय टिममा डेब्यु गरेका मार्टिनेजले सात खेल खेलेका छन् । सन् २०२१ मा अर्जेन्टीनाले कोपा अमेरिकाको उपाधि जित्दा मार्टिनेज टोलीका महत्वपूर्ण सदस्य थिए ।