संसदबाहिरका ४ कम्युनिष्ट पार्टीद्वारा आन्दोलन घोषणा

काठमाडौं । संसद् बाहिर रहेका ४ कम्युनिष्ट पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

देशमा विद्यमान राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको आर्थिक संकट, यसअघि विप्लव नेतृत्वको नेकपासँग दुवै सरकारले गरेको वार्ताको सहमति कार्यान्वयनलगायतका विषयमा खबरदारी गर्न आन्दोलनमा जानुपरेको उनीहरूले जनाएका छन् ।

बिज्ञापन

विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।पत्रकार सम्मेलनमा  साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यसपछि पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने नेकपाका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए । आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।