अंशबन्डा विवादमा जेठाजूले गरे बुहारीको हत्या

अंशबन्डा विवादमा ताप्लेजुङमा एक महिलाको हत्या गरिएको छ । ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–२ खाल्टे थेचम्बका पूर्णकुमार लिम्बूले खुकुरी प्रहार गरी भाइबुहारी शुकमायाका तामाङको हत्या गरेका हुन् ।

 

बिज्ञापन

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अंशबन्डा विवादमा पूर्णकुमारले घाँटी र टाउकोमा खुकुरी प्रहार गर्दा शुकमायाको घटनास्थलमै मृत्यु भएको हो ।

 

खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने पुर्णकुमारलाई प्रहरीले पक्राउ गरिसकेको छ ।