कोरोना संक्रमण बढेसँगै अनिवार्य मास्क लगाउन सरकारको आग्रह

काठमाडौं।  कोरोना संक्रमण बढ्न थालेपछि सरकारले फेरि अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

बिज्ञापन

खोप नलगाएकाहरूलाई तत्काल खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । नेपालमा अहिले दुई हजार ५३७ जना सक्रिय संक्रमित छन् ।