
काठमाण्डौं । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पासभएसँगै आजै यो सार्वजनिक गरिने छ। राष्ट्र बैंकका अनुसार दिउँसो साढे ४ बजे मौद्रिक नीति सार्वजनिक गरिनेछ।

चालू आर्थिक वर्षको लागि ल्याइने मौद्रिक नीतिले गत आर्थिक वर्षको नीति र त्यसको प्रभावको सम्बन्धमा समेत व्याख्या गर्नेछ। राष्ट्र बैंक स्रोतका अनुसार नयाँ मौद्रिक नीतिले मूल्यवृद्धि लक्ष्यअनुसार नै नियन्त्रणमा रहेको एकिन गर्नेछ।
बिज्ञापन



राष्ट्र बैंकले अहिलेको महँगी नियन्त्रणका लागि पनि ब्याजदर बढाउनुपर्ने बताइरहेको छ भने कोरोनाकालमा दिएको सुविधाहरुलाई परिमार्जन भएको कसिलो मौद्रिक नीति ल्याउने तयारी छ।
