संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्न लागेको हो।

आजको बैठकबाट शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिने जनाइएको छ। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो। समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए।

बिज्ञापन