पोखरीमा डुबेर स्याङ्जामा दुई जनाको मृत्यु

स्याङजा । स्याङजाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर एकै परिवारका बाबुछोरीको मृत्यु भएको छ। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने बुबा बिन्द्र पोखरीमा पसेका थिए। तर, उनी पनि डुबे। तत्काल उद्धार गरी वालिङस्थित प्राथमिक अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।

बिज्ञापन