
मोरङ। प्रहरीले मोरङको उर्लाबारीबाट निषेधित लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उर्लाबारी नगरपालिका २ का नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी २ का उज्वल थापा र सुमित राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिज्ञापन



सो क्रममा प्रहरीले निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
