
काठमाडौंं । काठमाडौं महानगरपालिकाले थप ३ वटा अग्नि नियन्त्रक यन्त्र (दमकल) किनेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ३ वटा दमकल आइपुगेको जानकारी दिएका छन् । मेयर शाहका अनुसार यसअघिका मेयर विद्यासुन्दर शाक्यको पालामा सुरु भएको खरिद पक्रियाअनुसार ३ वटा दमकल आइपुगेका हुन् ।

ुमहानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोहीअनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्, मेयर शाहले भने । दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको मेयर शाहको भनाइ छ।
बिज्ञापन



