पुटिन आज इरान भ्रमणमा, रइसी र अर्दोआनसँग भेटघाट गर्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन एक शिखर सम्मेलनका लागि आज तेहरान जाँदैछन् । यसलाई एक निकै महत्वपूर्ण भ्रमण मानिँदैछ । तेहरानमा उनी आफ्ना इरानी समकक्षी इब्राहिम रइसी र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग सिरिया शान्ति शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, जसले रुस र इरानबीच बढ्दो कूटनीतिक न्यानोपनलाई झल्काउँछ । इरान र रुस दुवैले पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन् ।

बिज्ञापन

बेलायतमा रहेका इरानी पत्रकार मेहदी अली याजदानीका अनुसार पुटिनको भ्रमणको एउटा महत्वपूर्ण एजेण्डा इरानबाट सशस्त्र ड्रोन खरिद गर्नु पनि हो । सायद यसै कारणले सोमबार अमेरिकाले तेहरानले रुसलाई सयौं ड्रोन पठाउने तयारी गरिरहेको दाबी गरेको थियो ।