ललितपुरमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेको प्रहरीले जनाएको छ।

गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१–००५ ख ९४७५ नम्बरको ट्रकको पछाडि ठोक्किंएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन