श्राद्ध गर्न गएका ब्राह्मणद्वारा बालिका  करणीको प्रयास

पश्चिम दाङमा श्राद्ध गर्न गएका ब्राहमणले बालिकालाई जबरजस्ती करणीको प्रयास गरेका छन् ।

श्राद्ध गर्न गएका बबई गाउँपालिका– ७ मठेउरी निबासी ६० बर्षका गोविन्द शर्मा आचार्यले ८ बर्षीया बालिकालाई बजरजस्ती करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बिज्ञापन

‘बाउन श्राद्ध गर्न गएको रहेछ,’ बालिकाका बाबुले भने –‘आउँदा बाटोमा कसैलाई नभन्नु भन्दै २० रुपैयाँ दिएर हातपात गर्न खोजेपछि छोरी भागेर बची ।’ बालिकाको आफन्तले सुरक्षित घर पु¥याइ दिने भन्दै बालिकालाई आरोपित ब्राहमणसंगै घर पठाई दिएका थिए ।

ती ब्राहमण बालिकाको आफन्तको घरमा श्राद्ध गर्न गएका थिए । आरोपितको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए । आरोपित अहिले फरार रहेका छन् ।

राजधानी दैनिकबाट