११ वर्षपछि अलेप्पोको भ्रमणमा सिरियाका राष्ट्रपति

सिरियाका राष्ट्रपति बशर अल असदले ११ वर्षपछि अलेप्पोको भ्रमण गरेका छन् । देशको आर्थिक तथा औद्योगिक केन्द्रको रुपमा रहेको अलेप्पोमा पछिल्लो ११ वर्षसम्म कुनै पनि राष्ट्रपतिले भ्रमण गरेको थिएन । थर्मल प्लान्ट र पानी तान्ने मेसिनको उद्घाटनका लागि उनी अलेप्पो पुग्नु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने प्रमुख सहरको रुपमा रहेको अलेप्पोलाई रणनीतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । सिरियाका विज्ञ, प्राविधिक र कामदारहरूले स्थानीय अनुभव र सहयोगका आधारमा थर्मल प्लान्ट र पानी तान्ने मेसिन निर्माण गरेका हुन ।

बिज्ञापन

देशमा चलेको गृह युद्धका क्रममा त्यस क्षेत्रमा ठूला भिडन्त भएका थिए । द्वन्द्वका कारण काम समेत प्रभावित भएको थियो । अव भने त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्न थालिएको छ । –सिन्ह्वा