सरकारले आज सदनबाट नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं । लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विधेयक सरकारले आज फिर्ता लिने भएको छ ।प्रतिनिधिसभाको आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव गर्ने भएका छन् ।यसअघि मन्त्रिपरिषद् बैठकले संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । २०७५ साउन २२ मा विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।

विगतमा विभिन्न राजनीतिक दलसँग भएका सहमति अनुसारका बुँदा समेटेर सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेस गर्न लागेको हो ।‘जन्मसिद्धका सन्तानले कानुन नहुदाँ नागरिकता पाउन सकिरहेका थिएनन, नयाँ विधेयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले भने ।नागरिकता विधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद र ज्ञापन पत्र मार्फत झकझकाउँदै आएका छन् ।

बिज्ञापन