झापामा फेरि अर्को हात्ती मृत फेला

बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ।बुधबार बिहान  किनारामा हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाका सुवेदार हरि विश्वकर्माले बताए। मृत हात्तीमा बाहिरी कुनै चोटपटक देखिएको छैन।

हात्ती करेन्ट लागेर घाईते भई सो स्थानमा आई मरेको हुनसक्ने वा फुड पोइजन भएर पनि हात्ती मरेको हुनसक्ने विश्वकर्माले बताए। जिल्ला पशु स्वास्थ्य कार्यालयबाट पशु चिकित्सकको टोलीले मृत हात्तीको पोष्ट म्याटम गरेपछि मात्रै हात्तीको मृत्युको कारण पत्ता लाग्ने वन कार्यालयले जनाएको छ।

बिज्ञापन

झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो। भारत आसामबाट नेपाल हात्ती भित्रिने सङ्ख्या बढेसगै झापामा जंगली हात्ती मृत भेटिने क्रम समेत बढेकोे पाइएको छ।