
दमक , असार १४ । बिर्तासिटी हस्पिटल बिर्तामोडमा कार्यरत गौरादह ३ निवासी ५१ वर्षिय डिल्लीराम बाँस्तोला कोठामा मृत अवस्थामा भेटिएका छन ।

अस्पतालमा ट्रली ब्वाइको रुपमा काम गर्दै आएका बाँस्तोला बिहान ७ बजे ड्युटी जाने समयमा पनि नउठेपछि हेर्दा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
बिज्ञापन



हस्पिटलकै परिसरमा रहेको कोठामा बस्दै आएका बाँस्तोलाको हृदयघात भएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ भने घटनाको कानुनी प्रक्रिया पूरा गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
