
दाङ । बैरवाका ६ जना महिला आइतबार किनमेल गर्न भारतको मनिपुर बजार जाने क्रममा मनिपुर नपुग्दै भारतको खैराबाङ जंगलमा बिहान साढे १० बजेतिर उनीहरुलाई नियन्त्रणमा लिई उनिहरु मध्ये दुई जना महिलालाई आपराधिक गिरोहले बलात्कार गरेको खुलेको छ ।

दाङ प्रहरीका अनुसार भारतीय आपराधिक गिरोहले २ जना नेपाली चेलीलाई रुखमा बाँधेर पालैपालो बलात्कार गरेका थिए भने ४ जना महिला भने महिनावारी भएका कारण उनीहरू बलात्कार हुनबाट जोगिएको बताइएको छ ।गिरोहले रुखमा बाँधेर पालैपालो बलात्कार मात्रै गरेनन्, उनीहरूसँग भएका मोबाइल, नाकमा लगाएका नथिँया समेत लुटेर लगेका थिए ।उनीहरू बलात्कार गरी भागेपछि सुरक्षित अरू ४ जनाले रुखमा बाँधिएका २ जनालाई उद्धार गरेर नेपाल ल्याएका थिए ।



नेपाल आइपुग्ने बित्तिकै उनीहरूले घटनाका बारेमा प्रहरीलाई जानकारी गराए । बलात्कारको घटनाको जानकारी पाउने बित्तिकै प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरि भारतीय प्रहरीले राकेश पासी, रामचन्द्र पासी,राजेन्द्र पासी र पिन्टु पासीलाई पक्राउ गरि भारतको हरैया प्रहरी चौकीको हिरासतमा राखिएको छ ।

बलात्कृत महिलाका आफन्त किटानी जाहेरी लगेर भारतको हरैया प्रहरी चौकी पुगेका छन् ।बलात्कृत महिलाहरु र आरोपीहरुलाई मेडिकल जाँचका लागि बलारामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।