विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं ।रोल्पा, रसुवा र चितवनमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।रोल्पाको रोल्पा नगरपालिका–२ धैरे पोखरास्थित जंगलको ओढारमा सोही नगरपालिका–९ घर भएका ६३ वर्षीय हर्क वहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे घट्टेखोलास्थित होटलको कोठामा सिन्धुली हरिहरपुर गाउँपालिका–३ घर भएका ४२ वर्षीय सोम कुमार श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् ।टिमुरेस्थित निर्माणाधिन रसुवागढी हाईड्रो पावरमा जेनेरेटर फिट गर्नको लागि आई उक्त होटलमा बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

बिज्ञापन

चितवनको भरतपुर महानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय विनोद घिमिरे नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित नारायणी नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।गत बिहीबारबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो ।घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।