छानबिन समितिमा एकराजको माग, ‘राज्यमन्त्री ओलीलाई कारबाही हुनुपर्छ’

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री विमला ओलीलाई कारबाही गर्न वाइसियलका नेता एकराज बस्नेतले माग गरेका छन् । राज्यमन्त्री ओलीमाथि छानबिन गर्न गठित कार्यदलसमक्ष बस्नेतले यस्तो माग गरेका हुन् ।आफू घरमा नभएको बेलामा आफ्नो श्रीमती र बच्चामाथि राज्यमन्त्रीले घरमै गएर दुर्व्यवहार गरेको भन्दै उनीमाथि सजाय हुनुपर्ने  माग गरेका छन् । जेठ ३१ गते बिहान राज्यमन्त्री ओली तुलसीपुर उपमहानगरपालिका वडा नं.५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना र साढे ३ वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन्। घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री ओली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।

राज्यमन्त्री ओलीले बस्नेतले आफूसँग पैसा सापटी लिएरको र नदिएपछि घरमा माग्न गएको बताएकी छिन् । उनले आफूलाई षड्यन्त्रपूर्वक फसाईएको पनि बताएकी छन् । तर, बस्नेतले पनि वलीसँग ६ लाख ४० हजार रुपैयाँ पटक–पटक गरेर लिएको बताएका छन् । उनले त्यो रकम पनि राज्यमन्त्रीज्यूकै आग्रहमा उनकै काममा खर्चिएको बताएको छ ।बस्नेतले ओलीसँग आफूले कारोबार गरेको तर आफू नभएको बेलामा राज्यमन्त्री जस्तो पदमा रहेको मान्छेले आफ्नो परिवारमाथि गरेको दुर्व्यवहारको सजाय हुनपर्ने माग गरेको छ ।

बिज्ञापन