
भक्तपुर, ललितपुर, तनहुँ, कैलाली र नवलपरासी (पूर्व) मा पाँच जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको भक्तपुर नगरपालिका–९ कमलविनायक दुर्गा मन्दिर नजिक पाटीमा सोही नगरपालिका–१० भत्केको पाटीमा बस्ने ५६ वर्षीय पूर्णबहादुर भुजेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासी ढलेपिपल बस्ने ४० वर्षीया अम्बिका बिसंखे आफ्नै घर नजिक रहेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । तनहुँको ब्यास नगरपालिका–९ बर्यचौरमा सोही ठाउँ बस्ने ३२ वर्षीय केशब नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको टिकापुर नगरपालिका–७ दिब्यपुरस्थित खेतमा भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौरा थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–७ व्यारेजपुल नजिक खेतमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



