
बाराको महागढीमाइ नगरपालिका-८ मा हुलाकी सडकअन्तर्गत पर्ने थलही पुलबाट आइतबार मध्यरातमा प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बाराको सुर्वण गाउँपालिका- ७ सनफुल्वा टोल घर भएका ३५ वर्षीय वीरुलाल यादव र मोटरसाइकलमा पछाडि सवार भारत बिहारका पूर्वी चम्पारण समरपुर- २ का ३० वर्षीय मेवाचन्द्र राय यादवको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुवै जनाको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको थापाले जानकारी दिए।
बिज्ञापन



