
बर्दियामा आक्रमणकारी बाघलाई नियन्त्रणमा लिनुपर्ने माग राखेर प्रदर्शन गर्दा झडप भएको छ । मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप हुँदा २४ वर्षीया नविना थारुको मृत्यु भएको छ ।

झडपमा प्रहरीले गोली चलाएको छ । प्रहरीले १ राउण्ड हवाई फायर गरेको पुष्टि गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने– ‘मृतकलाई प्रहरीको गोली लागेको पुष्टि भएको छैन ।’
बिज्ञापन



सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मिताको नेपालगञ्जमा उपचार हुँदैछ । प्रदर्शनको क्रममा ज्यान गुमाएकी नविनाको शव गुलरिया अस्पतालमा राखिएको छ । उनको टाउकोमा चोट लागेको छ ।

मधुवन नगरपालिकामा दुई साताअघि पनि एकजना स्थानीयलाई बाघले आक्रमण गरेको थियो । लगातार बाघको आक्रमण भएपछि स्थानीयले बाघ नियन्त्रण गर्न माग राखेर आन्दोलन गरेका हुन् ।