
काठमाडौं । इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने भन्दै हाम्रो टिम नेपालले सोमबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

सवारी साधनको नम्बर प्लेट देव नागरिक लिपिमा हुने पर्ने भन्दै उनीहरूले इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने माग राखेका हुन् ।सो समूहले काठमाडौंको धोविखोला कोरिडोरमा मसाल जुलुस निकालेका हुन् ।
बिज्ञापन



मसाल जुलुस प्रदर्शनका क्रममा उनीहरूले जनताको ढाड सेकेर माफिया पाल्दैनौ, भ्रष्टाचार गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।
