जङ्गलमा भेटियो घोप्टो अवस्थामा युवा-युवतीको शव : छेउमा विषको बट्टा फेला

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा २ जना युवा-युवतीको शव फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सोमबार बिहान जङ्गलमा २०-२२ वर्षका युवा-युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।उनीहरूको पहिचान हुन सकेको छैन। शव फेला परेको ठाउँनजिकै विषको बट्टा पनि फेला परेको छ।काठमाडौँ जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोलि अनुसन्धानका लागि खटिएको छ।

बिज्ञापन