
काठमाडौँ । सुदूरपश्चिम सरोकार मञ्चले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा विकासका सम्भावना धेरै भए पनि आर्थिक अवस्था अझै माथि उठ्न नसकेको बताएका छन् ।

सुदूरपश्चिममा गरिबी नहटेको भन्दै प्रधानमन्त्री देउवाले गरिबीकै कारण आर्थिक अवस्था माथि उठ्न नसकेको बताए ।सुदूरपश्चिम प्रदेश मानव विकास सूचांकमा अगाडि आउन आवश्यक रहेको भन्दै त्यसका लागि सबैले पहल गर्नुपर्ने उनले बताए।
बिज्ञापन



