
गोरखाको विकट धार्चे गाउँपालिकाको केन्द्रसम्म बल्लबल्ल गाडी पुगेको छ । त्यसमाथि मान्छेले बोकाएरै सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।

पालिका सरकारले धार्चे ३ खोर्लाबेसीमा १५ शय्याको अस्पताल निर्माण गर्ने अघिल्लो बजेटबाट व्यवस्था गर्यो ।३ करोड लागतमा निर्माण हुँदै गरेको अस्पतालमा गाउँपालिकाले ४० प्रतिशत र छाया नेपालले ६० प्रतिशत लगानी गरेको छ । नेपालमा नै पहिलो पटक गिट्टी बालुवा घोलेर तयार गरिएको मसला हेलिकोप्टर झिकाएर ढलान गरिएको हो । सिम्रिक एअरको दुई वटा हेलिकोप्टरबाट मसला बोकेर ढलान गरिएको छाया नेपालका प्रबन्धक सन्तोष सिलवालले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरले ५० टीप मसला ओसारेका थिए ।
बिज्ञापन



