कैलालीमा जुवा खालबाट नगद ८६ हजारसहित पाँच जना पक्राउ

धनगढी- कैलालीको धनगढीमा तास खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो ठाउँका ४० वर्षीय दिपु श्रीमालको घरमा जुवातास खेलिरहेको भन्ने विषेश सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी ६ घर भएका हाल धनगढी ३ बस्ने तेजबहादुर बोगटी, धनगढी १ बस्ने धनबहादुर खड्का, धनगढी १ बस्ने वर्ष रमेश श्रीमाल, धनगढी ७ बस्ने रामकृष्ण राना र धनगढी ७ बस्ने शान्तराम चौधरी रहेका छन् ।

उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको कैलाली प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।