
राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा झडप भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको शालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाइ फायरसमेत गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
बिज्ञापन



